विकृती अन्त्य गरिन्छ :मन्त्री गुरुङ्ग

कास्की – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा लामो समय देखी राजनिति अस्थिरता हुँदा शुसासन नहुँदा भष्ट्रचार र बिकृति बढेको बताउनु भएको छ ।

पोखरामा नेपाल पत्रकार महांसघ कास्कीका नबनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रममा मन्त्री गुरुङ्गले पछिल्लो समय मिडिया क्षेत्रमा आएको बिकृति र छाडा प्रबृतिका कारण हाम्रो बिबिध संस्कृतिले भरिएको देशमा संस्कृतिमा समेत बिचलन ल्याएकोले सरकारले त्यस्ता प्रबिधिको अन्त्यका लागी कानुन निमाणको अन्तिम चरणमा पुर्‍याएको बताउनु भयो ।

देशको बिकासका लागी पत्रकार र मिडिया क्षेत्रको महत्वपूर्ण भुमिका रहने हुँदा छोटो समयमा भाईरल हुने भन्दा सत्य तथ्य समाचार सम्प्रेषणमा जोड दिन पत्रकार हरुलाई आग्रह समेत गर्नु भयो ।

मन्त्री गुरुङ्गले राजनीतिक स्थायीत्वसहित सुशासन र विकासको गतिलाई तिव्रता दिन संसद्का दुई ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको चर्चा गर्दै सरकारले गरेका राम्रा कामको तथ्य समाचार जनता माझ परयाउन इमान्दारीकतका साथ लाग्न आग्रह गर्नु भयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.