रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न सभामुखलाई पत्र

काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टी सभापति एवम रास्वपा संसदीय दलका नेता रवि लामिछानेलाई सांसद पदबाट  निलम्वन गर्न कास्की प्रहरीले पत्रचार गरेको छ  ।

लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा आज सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा दर्ता भएसँगै संसद पदबाट निलम्वनका लागि प्रहरीले सभामुखलाई पत्र पठाएको हो ।

”चितवन जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय रवि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा मिति २०८१।०९।०७ गते आईतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पुरक अभियोगपत्र ( दर्ता नं. २०८१ C1 ०४३५) दर्ता भएको व्यहोरा सम्पत्ति शुद्धीकरण (मनीलाउण्डरीङ्ग) निवारण ऐन, २०६४ को दफा २७ को प्रयोजनार्थ जानकारीको लागि अनुरोध गरिएको छ”, संसद सचिवालयलाई पठाएको पत्रमा भानिएको छ । 

अदालतमा अभियोगपत्र दायर भएपछि प्रहरीले त्यसको जानकारी संसद सचिवालयलाई दिनुपर्ने ब्यवस्था अनुसार प्रहरीले सभामुखलाई पत्र पठाएको हो ।   प्रहरीले पत्रमा उल्लेख गरेको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनको दफा २७ मा स्वत: निलम्बन हुने प्रबन्ध रहेको छ ।

पत्र प्राप्त भएपछि सभामुखले सांसद पद निलम्बन भएकोबारे प्रतिनिधिसभा बैठक चलिरहेको अवस्थामा सभामा जानकारी दिने र अधिवेशन नभएको अवस्थामा सूचना पाटीमा सूचना टाँस्नुपर्ने हुन्छ । लामिछानेको हकमा हाल प्रतिनिधिसभा अधिवेशन नरहेकाले सभामुखले सूचना पाटीमा सूचना टाँस्न लगाएसँगै सांसद पद निलम्बन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.