गणेश धाम धार्मिक तथा पर्यटकीय स्थलको हिसाबले महत्त्वपूर्ण

भरतपुर – गणेश धाम संरक्षण संवर्द्धन समितिको नवौँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

बागमती प्रदेशको वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले गणेश धाम धार्मिक पर्यटकीय स्थलको हिसाबले महत्त्वपूर्ण स्थान भएको बताउनुभयो । गणेश धामको संरक्षण एवं विकासका लागि सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । आगामी आर्थिक वर्षको बजेटमा गणेश धामलाई प्राथमिकतामा राखिने उहाँले बताउनुभयो ।

गणेश धाम संरक्षण संवर्द्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेले गणेश धामको गुरूयोजना स्वीकृत हुन बाँकी रहेको भन्दै गणेश धामलाई २८ हेक्टरमा विस्तार गर्ने योजना रहेको बताउनुभयो । गुरुयोजना पास गराउन आवश्यक सहयोग गर्न उहाँले आग्रह पनि गर्नुभयो ।

बागमती प्रदेश सरकारले आठ करोड रुपैयाँको सहयोगमा गणेशधाममा आकर्षक तलाउ बनाउन बाँध निर्माणको काम भइरहेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.