ब्राजिलमा निजी विमान दुर्घटनाः एकै परिवारका १० जनाको मृत्यु

काठमाडौं- ब्राजिलमा एक निजी विमान दुर्घटना हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ । दक्षिणी ब्राजिलको ग्रामाडो शहरमा विमान दुर्घटनामा परेको हो ।

पाइटल समेत रहेका ब्राजिलियन व्यापारी लुइज क्लुडियो ग्यालेन्जी परिवारका सदस्य सहित आफैं विमान उडाइरहेका थिए । दुर्घटनामा परी पाइलट ग्यालेन्जी, उनकी श्रीमती, तीन छोरी र परिवारका अन्य सदस्यहरुको मृत्यु भएको छ ।

ग्यालेन्जीको कम्पनीले जारी गरेको विज्ञप्तिमा व्यापारी र उनको परिवारका सदस्यहरुको मृत्यु भएको उल्लेख गरिएको छ । सानो विमान घरको चिम्नीमा ठोक्किएर खसेको बताइएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा जमिनमा रहेका १७ जना घाइते भएका छन् । त्यस मध्ये दुईको अवस्था गम्भीर छ । ब्राजिलका सञ्चारमाध्यमका अनुसार ६१ वर्षीय व्यापारी आफ्नो परिवारलाई साओ पाउलो राज्यको जुन्डियाको भ्रमणमा लैजाँदै थिए ।

प्रतिकूल मौसममा विमान उडेकोका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । बिहान उडान भरेको केही मिनेटपछि सहरी क्षेत्रमा खस्नुअघि ३ किलोमिटर उडेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.