फुलचोकीमा हराएका १३ जनाको खोजी कार्य जारी

हराएकासँग फोन सम्पर्क हुन्छ तर ठाउँ पत्ता लागेन: प्रहरी

काठमाडौं – ललितपुरको  फुलचोकी जंगलबाट हराएका १३ जना व्यक्तिको उद्धारका लागि प्रहरीले खोजी कार्य सुरु गरेको छ।

”फूलचोकीमा घुम्न गएका १३ जना व्यक्ति आफुहरु जंगलमा बाटो विराएर हराएको भनि प्रहरीलाई खबर गरेपछि  इन्सपेक्टरको कमाण्डमा टोली खटाइएको ललितपुर जिल्ला प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिनुभयो।

”उनिहरुले बेलुका ५ बजेतिर आफुहरु हराएको भनि प्रहरीलाई खबर गरेका थिए । हराएका २० देखि ३० बर्ष उमेर समुहका रहेका  छन् ।  उनिहरुसँग पटक- पटक फोन सम्पर्क भएपनि अहिले केही समयअघिबाट सम्पर्क हुन सकिरहेको छैन । प्रहरीले खोजी कार्य जारी राखेको छ । ” खनालले भन्नु भयो।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.