स्रोत सुनिश्चित नभएर स्वास्थ्य सेवाका कुनै कार्यक्रम रोकिँदैन: स्वास्थ्यमन्त्री पौडेल
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा सुधारका लागि सरकारले गरेका निर्णयहरु कार्यान्वयन गर्न बजेटको समस्या नहुने बताउनुभएको छ ।
आज कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले नयाँ कानूनी प्रवन्ध नगरी पुरानै निर्णयहरुलाई कार्यान्वयन गर्दा आर्थिक भार हुने स्थिति रहेको बताउनुभएको हो ।
उहाँले विगतमा स्वास्थ्य क्षेत्रमा भएका कतिपय निर्णयहरु कार्यान्वयन नभएकाले मन्त्रालयले सम्बन्धित निकायहरुलाई घच्घच्याउने काम गरेको बताउनु भयो । उहाँले १४ वर्षमुनिका बालबालिकाहरुको क्यान्सर उपचार निःशुल्क गर्नको समेत अस्पतालभित्रै रहेका जनशक्ति र उपकरणको प्रयोग गरेको बताउनु भयो ।
उहाँले जलनको उपचारको लागि ८ वटा अस्पताललाई जलन उपचार केन्द्रको रुपमा विकास गरि काम गरिरहेको बताउनु भयो । उहाँले सरकाले धेरै आर्थिक भार हुने विषयमा नगरेकाले स्रोत सुनिश्चित नभएर कुनै पनि कार्यक्रम नरोकिने स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्