सत्ता संयन्त्र कार्यदलको बैठकमा संविधान संशोधन गर्न कार्यदल बनाउने विषयमा छलफल

काठमाण्डौँ- गठबन्धन सरकारको  सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन गठित दुई दलीय संयन्त्रको कार्यदलको बैठक बसेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सत्ता गठबन्धन निर्माण हुँदा भएको संविधान संशोधन लगायतका विषयको कार्यन्वनयलाई कसरी अघि बढाउने लगायतका समसामयीक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यसअघि आजै मात्र  राजधानीमा भएको एक कार्यक्रममा कार्यदलका सदस्य एवम् गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्ने विषयमा कार्यदल बनाउन सरकारले आवश्यक गृहकार्य अघि बढाइसकेको बताउनु भएको थियो ।

दुई दलीय संयन्त्रको कार्यदलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका उपमहासचिव विष्णु रिमाल र कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.