बोधि श्रवण धर्म संघले पोखरामा विश्वशान्ति मैत्री पूजा गर्ने
काठमाडौँ- बोधि श्रवण धर्म संघले यही पुष १० गतेदेखि मानवलगायत सम्पूर्ण जगतको उद्धार र मानव आत्मालाई मोक्षलोक प्राप्त गराउन “विश्वशाान्ति महा मै मैत्री बोधि मार्ग दर्शन-मैत्री धर्म आध्यात्मिक पूजापाठ तथा प्रार्थना कार्यक्रम” गर्ने भएको छ ।
बोधिमार्ग दर्शन मैत्री धर्म अन्तर्गत गुरुमार्ग दर्शनको नीति-नियम लागु गराउन विश्वशान्ति मैत्रीपूजापाठको आयोजना गर्न लागिएको संघले आज एक प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ।
महा सम्बोधि धर्म संघ गुरुको सत संकल्पमा यही पौष २४ गतेदेखि २६ गतेसम्म पोखराको उद्योग बाणिज्य संघको प्रदर्शनी हलमा “विश्वशाान्ति महा मै मैत्री बोधि मार्ग दर्शन-मैत्री धर्म आध्यात्मिक पूजापाठ प्रार्थना कार्यक्रम” हुने विज्ञप्तीमा उल्लेख छ ।
संघले विभिन्न अध्यात्म शिक्षादिक्षा, प्रशिक्षण, गुरुभ्रमण, धार्मिक स्थलहरूको निर्माणकार्य र व्यवस्थापन, एवं ज्ञानगुणको लेखन र संरक्षण जस्ता महत्वपूर्ण कार्यहरू गर्दै आइरहेको छ ।
साथै, देशव्यापी रुपमा विभिन्न धार्मिक कार्यक्रमहरु गरी पौष २९ गते सो अभियान समापन गरिने संघले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्