प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने सभामुखको प्रतिवद्धता
काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई पद हस्तान्तरण कार्यक्रममा सभामुखले आफू प्रेस स्वतन्त्रता रक्षा गर्न प्रतिबद्ध रहेको बताउँदै प्रेसमाथि अङ्कुश लगाउनेगरी कानुन नबनाउने बताउनुभएको हो । नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको बताउँदै सभामुख घिमिरेले प्रेस स्वतन्त्रतलाई कुण्ठित हुनेगरी कुनै पनि कानुन नबनाइने उल्लेख गर्नुभयो ।
कार्यक्रममा सभामुख घिमिरे र निर्वाचन समितिका प्रमुख प्राध्यापक चिरन्जीवी खनालले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यलाई प्रमाणपत्र प्रदान गर्नुभयो । महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकार महासङ्घको गरिमालाई कायम राख्दै प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सुरक्षाका लागि लडिरहने प्रतिबद्धक्ता व्यक्त गर्नुभयो ।कार्यवाहक अध्यक्ष बाला अधिकारीले कठिन परिस्थितिमा निर्वाचन सम्पन्न गरी महासंघको साख जोगाउन आफूले निशर्त काम गरेको बताउनु भयो ।
महासङ्घका पूर्वसभापति हरिहर विरही र अध्यक्षका प्रतिस्पर्धी रमेश विष्टले सङ्गठनलाई सबै पत्रकारको साझा संस्थाका रुपमा विकास गर्नु सुझाव दिनुभयो ।।
प्रतिक्रिया राख्नुहोस्