उच्च हिमाली क्षेत्रमा हिमपात,काठमाडौँमा हल्का वर्षा

अधिकतम तापक्रम घट्ने हुँदा चिसो बढन सक्ने 

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपात भएको छ ।

गोरखाको चुमनुब्री उपत्यकामा हिमपात भएको छ। त्यहाँ सोमवार अपरान्हदेखि हिउँ पर्न थालेको थालेको हो । अहिले पनि परिरहेको छ । हुम्लामा पनि सोमबार रातिदेखि हिमपात भइरहेको छ ।  यता राजधानकी काठमाडौँमा समेत हल्का वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  सुदूरपश्चिम प्रदेशको केही स्थान तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ ।

मौसम भोलि बुधबारसम्म बदली रहने र अधिकतम तापक्रम घट्ने हुँदा चिसो बढन सक्ने अनुमान महाशाखाको रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.