चीन बाट रसुवागढी नाका हुँदै एक खर्ब चौबिस अर्ब ४२ करोड मूल्य बराबरको सामान आयात

रसुवा – चालु आर्थिक २०८१।०८२ को पाँच महिनामा चीन बाट रसुवागढी नाक हुँदै एक खर्ब चौबिस अर्ब ४२ करोड मूल्य बराबरको सामान आयत भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

रसुवा भन्सार कार्यालयका अनुसार साउन देखि मङ्सिर मसान्तसम्म तयारी कपडा, विद्युतीय सामग्री, विद्युतीय सवारी साधन, जुत्ता, चप्पल, लसुन, स्याउ, ओखर, जस्ता वस्तु आयात भएको जनाएको छ ।

यसै गरी रसुवागढी नाका हुँदै निर्यात भने १५ करोड रुपैयाँ बराबरको मात्र भएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईले बताउनुभयो ।

निर्यात भएका समाग्रीहरुमा उनीका गलैँचा,हाते तान बाट बुनेका कपडा, जडीबुटी, अगरबत्ती रहेको छ । आयात सामग्रीको भन्सार मूल्याङ्कन बापत १२ अर्ब ४७ करोड राजस्व दाखिला भइसकेको जनाइएको छ ।

हाल चीन बाट आयात मालसामान बोकी भन्सार हातामा प्रवेश गरिसकेका करिब दुई सय कन्टेनरको धमाधम मूल्याङ्कन कार्य अगाडि बढिरहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.