तेमालको गिम्दीमा पानी ल्याउन स्थानीयको श्रमदान

काभ्रे- काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका वडा नं ५ स्थित ठुलो गिम्दीमा खानेपानी ल्याउन स्थानीय श्रमदानमा जुटेका छन् ।

गत असोज महिनाको ११ र १२ गते आएको बाढीपहिरोले खानेपानीमा क्षति पुगेपछि पानीको व्यवस्थापन गर्न उनीहरु आफै श्रमदानमा जुटेका हुन् ।

अधिकांश तामाङ समुदायको बसोबास रहेको तेमाल बस्तीमा खानेपानीको मुहान र पाइप लाइनमा पुगेको क्षतिलाई पुन:निर्माण गर्न  शान्ति जनआर्दश सेवा केन्द्र र  सिआरएसले सहयोग गरेका छन ।

स्थानीय ४५ वर्षीया वली माया मोक्तानले खानेपानीको जोह गर्न गाह्रो भएपछि गाउँका सबै एकजुट भएर पानी ल्याउनको लागि काम गरिरहेको बताउनुभयो ।

गाउँमा पहिलेदेखि नै पानीको समस्या भएको र मार्फा खानेपानीमार्फत केही समय यता पानीको सुविधा भएको उहाँले बताउनुभयो ।

तर, असोजको दोस्रो साता आएको बाढीपहिरोले खानेपानको मुहान र पाइपमा क्षति पुगेपछि फेरि पानीको समस्या उस्तै भएको उहाँले बताउनुभयो ।

गिम्दीकी ६० वर्षीया कान्छी मायाँ तामाङलाई असोज महिना यता खानेपानीको व्यवस्थापन गर्न समस्या भएको छ । असोजमा आएको बाढीपहिरोले खानेपानीमा क्षति पुगेकाले पानीको व्यवस्थापन गर्न गाह्रो भएपछि गाउँमा खानेपानी व्यवस्थापन गर्न आएको संस्थालाई सघाउन आफू श्रमदानमा सहभागी भएको उनको भनाइ थियो ।

खानेपानी खोज्न टाढा–टाढासम्म जानुभन्दा हामी आँफैले केही गरौँ भनेर सल्लाह गरेर श्रमदान गर्न आएको स्थानीय ३८ वर्षीया रमिला लामाले बताउनुभयो । श्रमदान गर्न गिम्दी गाउँका ४६ घरधुरी खानेपानी ल्याउनका लागि श्रमदानमा जुटेका छन् ।

विपदबाट अति प्रभावित तेमाल गाउँपालिकामा खानेपानी क्षेत्रमा पुन:निर्माण गर्न सीआरएस संस्थाको साझेदारीमा शान्ति जनआर्दश सेवा केन्द्रले काम सुरु गरेको केन्द्रका अध्यक्ष शंख बुद्ध लामाले बताउनुभयो ।

लामाका अनुसार, त्यहाँ ३५ सय मिटर पाइप जडान गर्नुपर्ने स्टिमेट भएको छ ।

यसका लागि खानेपानी डिभिजन कार्यालय भक्तपुरले १२ सय मिटर पाइप उपलब्ध गराएको छ । शान्ति जनआर्दश सेवा केन्द्रले अहिले तत्कालकको लागि ५ सय मिटर पाइप उपलब्ध गराएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.