पीएसबीमा समाचार: ‘हाइरेकी ब्रेक’ गर्दै जनता केन्द्रीत बन्ने अबसर
काठमाडाैँ- नेपाल टेलिभिजन र रेडियो नेपाल एकिकृत रुपमा सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी)मा रुपान्तरण भएसँगै प्रसारण गरिने सामाग्रीहरुको प्राथमिकता र एकरुपतामा बारेमा संयुक्त रुपमा छलफलहरु शुरु भएका छन।
सार्वजनिक सेवा प्रसारणमार्फत पस्कने विषयवस्तुलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा नेपाल टेलिभिजन र रेडियो नेपालका समाचारकर्मीहरुले आज दिनभर छलफल गरेका हुन ।
दुबै संस्था एकिकृत भएर पीएसबीमा परिणत भएसँगै समाचार कक्षको प्राथमिकता, संरचना र शैलीमा एकरुपता ल्याउन गर्नेुपर्ने कामका वारेमा आजको छलफल केन्द्रीत थियो ।
‘सार्वजनिक सेवा प्रसारणमा समाचार: विषयवस्तु जिम्मेवारी र जबाफदेहिता’ विषयक एक दिने कार्यशालाको शुभारम्भ गर्नुहुँदै सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले पीएसबीको उदेश्य र नीति अनुरुप समाचार सामाग्री परिमार्जन गर्न दुबै निकायका समाचारकर्मीहरुलाई सुझाव दिनुभयो । उहाँले प्रसारणको विषयवस्तु संस्थाको नीतिले मार्गदर्शन गर्ने बताउँदै अव प्रसारण हुने समाग्रीहरु जनताप्रति केन्द्रीत हुनुपर्छ, भन्नुभयो ।
सार्वजनिक सेवा प्रसारण नेपालका नवनियुक्त निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले सार्वजनिक सेवा प्रसारणको उद्देश्य अनुसार समाचारको प्राथमिकता निर्धारण गर्न पुरानो सोचाइलाई हटाएर दृष्टिकोण नै नयाँ बनाउनुपर्ने बताउनुभयो ।
सार्वजनिक सेवा प्रसारण नेपाल अन्तर्गत रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले पीएसबीको उद्देश्य पूरा गर्न जनसरोकारका विषयलाई महत्वदिनुपर्ने उल्लेख गर्नुभयो ।
सार्वजनिक सेवा प्रसारण र समाचारका प्राथमिकता, सम्पादकीय स्वतन्त्रता, जनउत्तरदायित्व, संरचना, प्रस्तुती र शैली लगायतका विविध आयामहरुका बारेमा सञ्चार विज्ञ रघु मैनालीसँग समाचारकर्मीहरुले अन्तरकृया गरेका थिए ।
विज्ञ मैनालीले समाचारमा ‘हाइरेकी ब्रेक’ गर्दै जनता केन्द्रीत बन्ने अबसर पीएसबीले जुटाएको बताउनुभयो ।
सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर सार्वजनिक सेवा प्रसारण ऐन ल्याएसँगै अहिले यी दुबै संस्थाभित्र पीएसबी अनुरुपको आन्तरिक परिवर्तन र संस्थागत संरचनाको बारेमा व्यापक तयारीहरु भइरहेका छन ।।
प्रतिक्रिया राख्नुहोस्