पीएसबी सञ्चालक समिति सदस्यमा गिरी र गुरुङ्ग
काठमाडौँ– सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समिति सदस्यमा गौरव गिरी र अनिता गुरुङ्ग नियुक्त हुनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले सार्वजनिक सेवा प्रसारण ऐनको दफा ८ बमोजिम मन्त्रालयको प्रतिनिधिको रुपमा गौरव गिरी र सञ्चार विज्ञको रुपमा अनिता गुरुङ्गलाई नियुक्त गर्नु भएको हो ।
नव नियुक्त सदस्यहरूलाई पीएसबीका अध्यक्ष डा महेन्द्र विष्टले पद तथा गोपनीयताको सपथ गराउनुभयो ।
यसैगरी, सार्वजनिक सेवा प्रसारण नेपालको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा विष्णुराम न्यौपानेलाई नियुक्त गरिएको छ । न्यौपाने नेपाल टेलिभिजनका नायब महाप्रबन्धक हुनुहुन्थ्यो । प्रमुख प्रशासकीय अधिकृत सञ्चालक समितिको सचिव भई काम गर्ने कानुनी ब्यवस्था छ ।।
प्रतिक्रिया राख्नुहोस्