पच्चीस न्यायाधीशको सरूवा सिफारिस

काठमाडौँ– न्याय परिषद्को आज बसेको बैठकले विशेष, उच्च र जिल्लाका २५ न्यायाधीशको सरूवा सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले विशेषका एक सदस्य तथा उच्च र जिल्ला अदालतका गरी २५ न्यायाधीशको सरूवा सिफारिस गरेको न्याय परिषद्का अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो ।

बैठकले विशेष अदालतका एक, उच्च अदालतका आठ र जिल्ला अदालतका १६ न्यायाधीशको सरूवा सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.