प्रधानमन्त्री ओलीद्वारा सिंहको निधनप्रति शोक व्यक्त

काठमाडौँ–  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएकोमा गहिरो शोक व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा नेतासिंहसँगको तस्बिर राख्दै प्रधानमन्त्री ओलीले  नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको उल्लेख गर्नु भएको छ ।

“मित्रराष्ट्र भारतका पूर्व प्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरु सम्झिरहेको छु । दिवङ्गत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु” प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.