मन्त्री पाण्डेद्वारा नेपालगन्जको निर्माणाधीन विमानस्थल निरीक्षण

काठमाडौँ-संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बाँकेको नेपालगन्ज स्थित निर्माणाधीन विमानस्थलको निरीक्षण गर्नुभएको छ।
शनिवार अछामको कलम बजारको विमानस्थल परीक्षण उडानका क्रममा नेपालगन्ज पुग्नु भएका मन्त्री पाण्डेले उक्त विमानस्थलको समेत अवलोकन गर्नु भएको हो। तीन अर्ब लागत रहेको नेपालगन्ज विमानस्थलको भवनको २०८२ पुस मसान्तभित्र सक्ने लक्ष्य रहेको छ।
मुख्य निर्माण कम्पनीको रूपमा रहेको शर्मा एन्ड कम्पनीले वि.स.२०७९ माघबाट निर्माण कार्य थालेको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर विमल पौडेलले जानकारी दिनु भएको छ। मन्त्री पाण्डेले निर्माण कार्य सन्तोषजनक रहेको प्रतिक्रिया दिँदै समयमै काम सकिनेमा विश्वास व्यक्त गर्नु भएको छ।
मन्त्री पाण्डे आजै अछामको कमलबजारमा रहेको विमानस्थल परीक्षण उडानमा सहभागी भएर काठमाडौँ फर्किनु हुने भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.