नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा दायर
नौ करोड २२ लाख ४६ हजार घुस लिएको आरोप
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धिकरणको अभियोगमा मुद्दा गरेको छ ।
अख्तियारले आज विशेष अदालतमा बस्नेत विरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धिकरण गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।
अभियोग पत्रमा अख्तियारले बस्नेतमाथि पद्मा कोलोनी प्रा.लि, पद्मा मर्चेन्ट कम्पनी प्रा.लि., तथा उक्त कम्पनीका संचालक/अध्यक्ष राजु प्रसाद कंडेलबाट नौ करोड बाईस लाख छयालीस हजार बत्तीस र तेत्तीस पैसा घुस लिएको आरोप लगाएको छ ।
प्रतिक्रिया राख्नुहोस्