“केपिए विडिङ फोटो अवार्ड २०२४” नतिजा घोषणा

काठमाडौँ – काठमाडौँ फोटोग्राफर सङ्घले “केपिए विडिङ फोटो अवार्ड २०२४” नतिजा घोषणा कार्यक्रम भव्यताका साथ राष्ट्रिय नाचघर जमलमा सम्पन्न गरेको छ ।
देशैभरका विवाहमा खिचिएका विभिन्न जात जातिका धर्म संस्कृति झल्किने खालका विवाहमा खिचिएका तस्बिरहरूको देशै भरबाट सङ्कलन गरी मुख्य विधामा १०० , pre post wedding तर्फ सहायक विधामा २० मध्यका फोटोहरू र उत्कृष्ट भिडियोहरू मध्येबाट ५ भिडियोहरूलाई काठमाडौँ फोटोग्राफर सङ्घले संस्कृति पर्यटन तथा उड्डयन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा अवार्ड कार्यक्रम सम्पन्न गरेको छ ।
सांस्कृतिक कार्यक्रम सहित सम्पन्न अवार्ड कार्यक्रममा उत्कृष्ट १० मा पर्न सफल फोटोग्राफरहरू सञ्जय मगर ,ओम प्रकाश कुसुवाहा,लक्ष्मी पति पौडेल ,सौगात भट्ट ,प्रकाश गौतम ,महेश डङ्गोल, रामबहादुर तामाङ ,रत्नबहादुर बस्नेत, आकाश कुमार चौधरी ,सानुकाजी महर्जन रहेका थिए ।
उत्कृष्ट फोटो मध्य पहिलो स्थान ओगट्न सफल सञ्जय मगरले फुल फ्रेम मिररलेस क्यामेरा सहित विभिन्न उपहारहरू प्राप्त गर्नुभएको छ ।
दोस्रो र तेस्रो स्थान क्रमशः ओमप्रकाश कुसुवाह र लक्ष्मी पति पौडेलले प्राप्त गर्नुभयो।
सहायक विद्यामा प्रि पोस्ट वेडिङ तर्फ उत्कृष्ट प्रथम दीपक मैनाली, द्वितीय अजय बुढाथोकी, तृतीय स्थान कर्णबहादुर तिवारी र भिडियोतर्फ उत्कृष्ट भिडियो बनाउन सफल पशुपति श्रेष्ठले ड्रोन क्यामेरा सहित विभिन्न उपहारहरू प्राप्त गर्नुभयो
उक्त फोटो र भिडियो सङ्कलन गर्ने क्रममा कार्यक्रमका संयोजक आनन्द प्रभाकर घिमिरेले देशभरबाट सङ्कलन भएका फोटो तथा भिडियोहरू मध्येबाट निर्णायक मण्डलबाट आएको नतिजालाई सार्वजनिक गरेको कुरा बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा संस्कृति पर्यटन तथा उड्डयन मन्त्री बद्री पाण्डेले सबै फोटोहरू उत्कृष्ट रहेको र नेपाली संस्कृति र परम्परामा आधारित सम्पूर्ण विवाहमा खिचिएका तस्बिरहरू र भिडियोहरूले नेपाली परम्परा र संस्कृतिको जगेर्ना गर्ने साथै यिनको गुणस्तर अन्तर्राष्ट्रिय स्तरमैं पुगेको बताउनुभयो । जसलाई कानुन बनाएरै नियमन र व्यवस्थित गर्नु आवश्यक रहेको र त्यसमा आफ्नो पूर्ण सहयोग रहने कुरामा उहाँको जोड थियो।
कार्यक्रममा सभापतिको भूमिका निर्वाह गर्दै काठमाडौँ फोटोग्राफर सङ्घका अध्यक्ष हरिप्रसाद घिमिरेले देशै भरबाट फोटो र भिडियो पठाई सहयोग गर्नुहुने सम्पूर्ण फोटोग्राफर साथीहरूप्रति आभार व्यक्त गर्नुभयो । उक्त उत्कृष्ट १२० फोटो तथा भिडियोहरूलाई २०८१ पौष १३ गते ११ बजेदेखि ४ बजेसम्म नेपाल कला परिषद्मा प्रदर्शनीको लागि राखिएको थियो ।
कार्यक्रमको सञ्चालन दीपक समीर तथा एलिजा कुतालले गर्नुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्