म्याग्दीको तातोपानी कुण्डमा सन्ध्याकालीन आरती

म्याग्दी– प्राकृतिक चिकित्सालयको रुपमा विकसित हुँदै गैरहेको म्याग्दीको तातोपानी कुण्डमा सन्ध्याकालीन आरती सेवा सुरु गरिएको छ।

सन्ध्याकालीन आरती सेवा सुरु भएसँगै कुण्डमा आउने बिरामीलाई उत्साह मात्र थपेको छैन  यहाँ आउनेहरु भक्तजनहरुको संख्या पनि बढदै गएको छ । आरती  अर्को थप आर्कषण बनेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

आरती सेवाले प्राकृतिक चिकित्सालयको उपचारस्थल तातोपानीमा स्नान गर्न आउनेहरूमा आध्यात्मिक शान्ति र आनन्दको महसुससँगै धार्मिक आस्थाको समेत संरक्षण भएको भरतपुर महानगरपालिका–७, कृष्णपुरबाट तातोपानी कुण्डमा स्नान गर्न आउनुभएका मनबहादुर केसीले आफ्नो अनुभव सुनाउनुभयो ।

तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा आन्तरिक पर्यटकलाई लक्षित गरी सञ्चालित ‘सन्ध्याकालीन आरती’मा भक्तजनको उत्साहजनक उपस्थितिसँगै भेटी समेत सङ्कलन भएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले बताउनुभयो ।

तातोपानी कुण्ड क्षेत्र धार्मिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको मानिन्छ । तातोपानीमा आरती श्रवण तथा महादीपसहित धार्मिक कार्यमा प्रत्यक्ष सहभागी हुन म्याग्दीका साथै छिमेकी जिल्ला बागलुङ, पर्वतबाट समेत भक्तजनहरु आउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.