सपना भिलेज सोसल इम्प्याक्टव्दारा ५४ घरधुरीलाई सुधारिएको चुलो वितरण

सौराहा – सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्टले रत्न नगर वडा नं ८ अन्तर्गत चित्र सेन टोलका २५ र गाेठाैली टोलका २९ घरधुरीलाई सोमबार सुधारिएको चुलो वितरण गरेको छ ।

प्रतिनिधि सभा सांसद हरि ढकाल र इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले विपन्न समुदायलाई चुलो हस्तान्तरण गर्नु भएको थियो ।

सांसद ढकालले सपना भिलेजले चित्रसारीमा सञ्चालन गरेको चुलो निर्माण गर्ने उद्योगकाे अनुगमन र निरीक्षण गर्नुभएका छ । यो सँगै सपना भिलेजले इच्छा कामना र रत्न नगरका एक हजार ५० घरधुरीलाई चुलो वितरण गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.