लुम्बिनी प्रदेशः पाँचौं अधिवेसनको पहिलो बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

दाङ- लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक आज मंगलबार दिउँसो २ बजे बस्दैछ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले नेपालको संविधानको धारा १८३ को उपधारा (१) अनुसार लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशन पुस १६ गते दिउँसो २ बजेका लागि आह्वान गर्नु भएको हो । जस अन्तरगत पहिलो बैठक बस्न लागेको हो ।

पहिलो बैठकको सम्भावित कार्यसूचीमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरु सभामुखले पढेर सुनाउने र दलको तर्फबाट प्रदेश सभा सदस्यहरुले शुभकामना मन्तब्य राख्ने रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।

पाँचौं अधिवेसन अन्तरगत बस्ने बैठकहरुमा यसअघि प्रदेशसभाको चौथो अधिवेशनबाट पारित भएर प्रदेश प्रमुखसमक्ष प्रमाणीकरणका लागि पठाइएको तर, त्यहाँबाट सन्देश सहित फिर्ता भएका विधेयकहरुमाथि समेत छलफल गर्ने तयारी छ ।

प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश निजामती सेवा ऐन–२०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा ३ बमोजिम पुनर्विचार गर्न आवश्यक देखिएको भन्दै सन्देशसहित २०८१ असोज २२ गते प्रदेश सभामा फिर्ता भएको थियो ।

फिर्ता भएकामध्ये निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०८१ भदौ २७ गते र प्रदेश निजामती सेवा ऐन-२०८० लाई संशोधन गर्न बनेको विधेयक भदौ ३१ गते प्रदेशसभाबाट पारित भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.