सकियो चितवन हात्ती तथा पर्यटन महोत्सव, ३५ हजार बढी दर्शकद्वारा अवलोकन

 चितवन – चितवन पर्यटकीय नगरी सौराहामा जारी १८ औँ संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव सकिएको छ ।

सांसद हरि ढकालले एक समारोहका बिच महोत्सवको समापन गर्नुभयो  । सो अवसरमा बोल्दै हात्तीलाई निकुञ्जको घाँस खुवाउन आफू गम्भीर भएर लागेको बताउनुभयो । उहाँले सौराहाको पर्यटन क्षेत्रको समस्यामा समाधान गर्न आफू जहिले पनि कटिबद्ध रहेको बताउनुभयो  ।

कार्यक्रममा क्षेत्रीय होटेल सङ्घका पूर्व अध्यक्ष हरिभक्त घिमिरे जनावरवादीहरुले जहिले पनि महोत्सवको वेला मात्र हात्ती बारे चिन्ता गर्नेु दुखद भएको भन्दै हात्तीलाई निकुञ्जमा घाँस खुवाउन पहल गर्न आग्रह गर्नुभयो ।

महोत्सवका संयोजक रामकुमार अर्यालले हात्ती महोत्सवले पर्यटन प्रवर्द्धनमा ठुलो भूमिका खेलेको बताउनुभयो ।

पुस ११ गते देखी ५ गतेसम्म आयोजित महोत्सवमा आन्तरिकसँगै बाह्य पर्यटक गरी ३५ हजार बढी पर्यटक सौराहामा भित्रिएको क्षेत्रीय होटेल सङ्घका अध्यक्ष गङ्गा गिरीले जानकारी दिनुभयो ।

विविध जातजाति र सांस्कृतिको धनी सौराहामा वर्षेनी हजारौँको सङ्ख्यामा आन्तरिक तथा विदेशी पर्यटकहरू आउने गर्दछन् । विश्वकै चर्चित चितवन राष्ट्रिय निकुञ्जमा बाघ, हात्ती र अन्य जङ्गली जनावर अवलोकनका लागी विशेष गरी पर्यटकहरू सौराहा आउने गरेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित सौराहाका होटेल व्यवसायीहरूले प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएका छन् । सौराहामा दुई दशकअघिदेखि आयोजना हुदै आएको महोत्सवका कारण सौराहासहित चितवनमा हरेक वर्ष ४० प्रतिशत पर्यटकहरूको आगमनमा वृद्धि हुने गरेको महासचिव गुणराज थपलियाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.