पीएसबी: विश्वभरका अभ्यास र हाम्रो आवश्यकतामा आधारित हुने

काठमाडौँ- रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण (पीएसबी) मा रूपान्तरण भएपछि यी दुवै माध्यमबाट प्रसारण हुने समाचार र कार्यक्रमका विषयवस्तु अन्तर्राष्ट्रिय अभ्यास र राष्ट्रिय आवश्यकतामा आधारित हुनेगरी अघि बढाइएको छ ।

सार्वजनिक सेवा प्रसारणमा कार्यक्रमका विषयवस्तु चयन, कार्यक्रम उत्पादकको जिम्मेवारी एवं जवाफदेहिता विषयमा आज सिंहदरबारमा आयोजित अभिमुखीकरणका वक्ताहरूले सार्वजनिक सेवा प्रसारणका लागि आवश्यक विषयवस्तु नागरिक केन्द्रित कसरी बनाउने भन्ने विषयमा केन्द्रीत भएर भनाइहरु राखेका थिए ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टले पीएसबीको अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर पूर्ण पीएसबी बनाउनेतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले, मुलुकको सांस्कृतिक, सामाजिक र भौगोलिक विविधतामा आधारित भएर नागरिकले बुझ्ने खालका विषयवस्तु उत्पादन गर्ने र जनताका समस्या उजागर गरी नीति निर्मातासम्म पुर्‍याएर समाधान गर्ने गरी अगाडि बढ्नुपर्छ भन्नुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपाने र सार्वजनिक सेवा प्रसारण नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्री न्यौपानेले सार्वजनिक सेवा प्रसारणको उद्देश्य अनुसार प्रसारण सामग्रीलाई प्राथमिकतामा राख्दै यसको प्रसारण जनता केन्द्रित बनाउन प्रसारणमा संलग्न सबै जनशक्तिलाई एकीकृत भएर  काम गर्न आग्रह गर्नुभयो ।

सार्वजनिक सेवा प्रसारणका लागि आवश्यक पर्ने विषयवस्तुको छनोट, शैली, उत्पादन र प्रसारणसम्बन्धी अभिमुखीकरण सञ्चालन गरिन थालिएको हो ।

यसअघि गत शुक्रबार समाचारका विषयवस्तु, जिम्मेवारी र जवाफदेहिताका विषयमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो ।

ती दुवै अभिमुखी कार्यक्रममा सञ्चार विज्ञ रघु मैनालीले सार्वजनिक सेवा प्रसारणका विषयवस्तु नागरिक केन्द्रित कसरी बनाउने भन्ने सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.