नरभक्षी बाघ नियन्त्रणमा
मकवानपुर- मकवानपुरको मनहरी गाउँपालिकाबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । हात्ती सहितको चितवन र पर्सा राष्ट्रिय निकुञ्चको प्राविधिक टोली, नेपाली सेना, प्रहरी स्थानीय जनप्रतिनिधि लगायतको सक्रियतामा बाघलाई नियन्त्रणमा लिएको हो ।
बसन्तपुर स्थित सुकौरा खोलामा एम्बुस थापेर बन्दुकबाट लट्याउने सुई डार्ट प्रयोग गरि बाघ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानएको छ ।
नियन्त्रणमा लिइएको बाद्धलाई पर्सा राष्ट्रिय निकुञ्ज लागिएको छ । उक्त बाघको आक्रमणबाट मनहरी–५ बसन्तपुर गुम्बाटोलमा बस्ने ७२ वर्षीय कान्छिमाया रम्बाको गत सोमबार मृत्यु भएको थियो । सोही बाघले बसन्तपुरका सुर्यबहादुर मोक्तानको ७ वटा बाख्रा समेत मारेको थियो ।
प्रतिक्रिया राख्नुहोस्