तनहुँको मार्कीचोक २२० केभी सब स्टेसन सञ्चालनमा

काठमाडौँ –  तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा ग्याँस इन्सुलेटेड प्रणाली ९जिआइएस० प्रविधिमा आधारित २२०÷१३२ केभी सब स्टेसन निर्माण सम्पन्न भएको छ । मर्स्याङ्दी–काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सब स्टेसन मङ्गलबार विद्युत् प्रवाह गरी ९चार्ज० सञ्चालनमा ल्याइएको छ ।

मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन मार्कीचोक सब स्टेसनबाट काठमाडौँसम्मको मर्स्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइनलाई पनि मङ्गलबारनै २२० केभी मा चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।

८२ किलोमिटर उक्त प्रसारण लाइनलाई ७ असार २०७९बाट १३२ केभी मा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । मार्कीचोक सब स्टेसन चार्ज गरिएसँगै मर्स्याङ्दी–काठमाडौँ प्रसारण लाइन २२० केभी मा सञ्चालनमा ल्याइएको हो ।

मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरूको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मर्स्याङ्दी–काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत प्रसारण लाइन र मार्कीचोक तथा काठमाडौँको माता तीर्थमा २२०÷१३२ केभी सब स्टेसन निर्माण गरिएको हो ।

मातातीर्थ सब स्टेसन निर्माण सम्पन्न गरी गत वैशाखबाट सञ्चालनमा आइसकेको छ । दुवै सब स्टेसनमा १६०÷१६० एमभिए क्षमताका दुई÷दुई पावर ट्रान्सफर्मर राखिएका छन् । दुवै सब स्टेसनको क्षमता ३२०÷३२० एमभिए छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मार्कीचोक सब स्टेसन सञ्चालनमा आएसँगै मर्स्याङ्दी नदी कोरिडोरका जलविद्युत आयोजनाहरूको विद्युत् २२० केभी प्रसारण लाइनबाट काठमाडौँ उपत्यकामा ल्याउन पूर्वाधार संरचना बनेको बताउनुभयो ।

यसबाट देशको एकीकृत विद्युत् प्रणालीको भोल्टेज सुधार भई विद्युत् थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले मर्स्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माणाधीन मार्कीचोक–भरतपुर खण्ड सम्पन्न भएपछि विद्युत् भरतपुरतर्फ पनि पठाउन सकिने बताउनुभयो ।  मार्कीचोक–भरतपुर खण्ड आगामी जेठभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यकासाथ काम भइरहेको छ ।

मार्कीचोकबाट चन्द्रागिरि नगरपालिकाको बाडभञ्ज्याङसम्म मर्स्याङ्दी–काठमाडौँ प्रसारण लाइन र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरूको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन निर्माण गरिएको त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एक आपसमा आबद्ध गरिएको छ । त्रिशूली र मर्स्याङ्दीका दुवै प्रसारण लाइनलाई बाडभञ्ज्याङबाट मल्टिसर्किट ९चार सर्किट ० मा आबद्ध गरी माता तीर्थ सब स्टेसनमा समाहित गरिएको छ ।

मर्स्याङ्दी–काठमाडौँ र त्रिशूली–काठमाडौँ प्रसारण लाइनबाट आएको करिब १÷१ हजार मेगावाट विद्युत् बाडभञ्ज्याङमा आबद्ध भई त्यहाँबाट करिब २ हजार मेगावाट विद्युत् मल्टिसर्किट प्रसारण लाइनमार्फत माता तीर्थ सब स्टेसनमा समाहित हुने छ ।
मर्स्याङ्दी–काठमाडौँ प्रसारण लाइन आयोजनाअन्तर्गत माता तीर्थ र मार्कीचोक सब स्टेसन निर्माण ठेक्का पाएको कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी २०७७ पुसमा चाइना मेसेनरी इन्जिनियरिङ कर्पोरेसनसँग नयाँ ठेक्का सम्झौता गरी बाँकी निर्माण अगाडि बढाइएको थियो । दुवै सब स्टेसनको अनुमानित लागत करिब सवा दुई अर्ब रुपैयाँ रहेको आयोजना प्रमुख लक्ष्मण फुयाँलले उल्लेख गर्नुभयो ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा मर्स्याङ्दी–काठमाडौँ प्रसारण लाइन आयोजना सुरु गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.