देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य: भीम रावल

काठमाडौँ- नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको बताउनु भएको छ ।

एमालेबाट निष्कासनमा परेपछि पहिलो पटक आफ्नो आगामी यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेता रावलले देशका स्वाधीनता, स्वाभिमान, हितको रक्षा र सम्वर्धन तथा जनताका आवश्यकता पुरा बैकल्पिक राजनीतिक शक्तिको निर्माण आवश्यक रहेको धारणा राख्नु भएको हो ।

पत्रकार सम्मेलनमा धेरै समय  एमाले अध्यक्ष ओलीको आलोचनमा खर्चिनु भएका नेता राववले आफूले ५०औं वर्ष बिताएको पार्टीमा सदस्यता नै खारेज गरेपछि नयाँ बाटो हिँड्न लागेको बताउनु भयो ।

नेता रावलले नयाँ पार्टी घोषणाका सम्बन्धमा भने कुनै योजना उल्लेख गर्नु भएन । राष्ट्रिय स्वाधीनता, नागरिकको जनजीविका र राष्ट्रिय स्वाभिमानको झण्डा उठाउन,नेपाल र नेपालीको राम्रो भविष्य अगाडि बढाउन आफु कटिवद्ध रहेको भन्दै आफ्नो अभियानमा साथ दिन नेता रावलले आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.