तराइ -मधेशमा चिसो बढेसंगै अस्पतालमा बिरामीको चाप
काठमाडौँ- तराइ मेधेशका जिल्लाहरुमा केही दिन यतादेखि देशमा बढेको चीसो र हुस्सुसंगै सर्वसधारण बिरामी पर्ने क्रम पनि बढ्न थालेको छ । चिसोले उच्च पहाडी क्षेत्रमा हिमपात भई जनजिवन अझ प्रभावित भएको छ ।
दैनिक कामकाज, विद्यालय संचालन तथा आवतजावतमा समस्या देखिएको छ । तराइ मधेशमा चिसो बढेसंगै सर्वसाधारण विरामी पर्ने क्रम पनि बढेको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगायत तराईका विभिन्न अस्पतालमा दैनिक बिरामीहरुको चाप बढ्दै गएको छ ।
विरामीहरुमा रुघाखोकी, झाडापखाला, वान्ता ,टाउको दुखाइ ,पेट दुख्ने , ज्वरो आउने समस्या बढी देखिएको प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा जामुनप्रसाद सिंहले जानकारी दिनु भएको छ ।
यस्तो बेला मन तातो पानी पिउन, बासी खानेकुरा नखान, झोलिला, संतुलित भोजन खान र समस्या भए तुरुन्त नजिकको स्वास्थ्य केन्द्रमा जान चिकित्सकहरुले सुझाउ दिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्