अमेरिकामा नयाँ वर्ष मनाइरहेकाहरुमाथि सवारी साधनले ठक्कर दिंदा १५ जनाको मृत्यु
काठमाडौं- अमेरिकाको न्यू अर्लिन्स बोर्बोन सडकमा नयाँ वर्ष मनाउने क्रममा एउटा सवारी साधनले मानिसको भीडलाई ठक्कर दिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
घटनामा ३५ भन्दा बढी घाइते भएका छन् । अमेरिकी अनुसन्धान निकाय एफबीआईले घटनालाई “आतंकवादी कार्य” भनेर अनुसन्धान गरिरहेको छ ।
गाडी चलाउने व्यक्ति टेक्सासका ४२ वर्षीय पुरुष र सेनाका अनुभवी व्यक्ति रहेको खुलेको छ । सुरक्षाकर्मीसँग गोली हानाहानमा मारिएका ती संदिग्ध व्यक्तिको गाडीमा आइएसआइएसको झण्डा भेटिएको बीबीसीले जनाएको छ ।
चालकको आतंकवादी संगठनहरूसँग सम्भावित सम्बद्धताको अनुसन्धान गरिरहेको एफबीआइले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्