सामरी खोलामा पुल निर्माण सुरु
नुवाकोट- नुवाकोटको पश्चिमी भेगमा रहेको सामरी खोला पुलको निर्माण सुरु भएको छ ।
विदुर नगरपालिका १३ स्थित सामरी खोलामा पक्की पुलको निर्माण सुरु भएको हो । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले पक्की पुलको शिलान्यास गर्नुभयो ।
उहाँले पुल स्थानीय जनताका माग र आवश्यकतामा निर्माण सुरु गरिएको वताउनुभयो । समयमै गुणस्तरीय र प्रभावकारी काम गर्न मेयर श्रेष्ठले निर्माण पक्षलाई आग्रह गर्नुभयो ।
बागमती प्रदेश सरकारको बजेटवाट पुल निर्माण सुरु गरिएको हो । पुलको कुल लागत तीन करोड १६ लाख ४४ हजार पाँचसय ५७ रुपैयाँ रहेको छ ।
आरसिसी प्रणालीको सो पुलको एउटा स्पान र २५ मिटर लम्बाइ रहनेछ । पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाका अनुसार सो पुल आगामी वर्षको पुस ४ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्