बाल गायक सचिन परियारको निधन

काठमाडौं- बाल गायक सचिन परियारको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि हिजो महाराजगञ्ज टिचिङ अस्पतालमा भर्ना भएका परियारको आज बिहान निधन भएको हो ।

सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै आर्थिक सहयोगको माग समेत गरिएको थियो । बालगायकका रुपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जाल भाइरल छन् ।

सचिनले महानायक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् । साथै हाँस्य टेलीश्रृँखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए । उनले ‘रातो रबर एक’, रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायतका लोक गितहरु गाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.