ढकमक्क धनकुटा : ‘फोहोर फाल्ने ठाँउमा फूल‘ अभियानले सार्थकता पाउँदै

धनकुटा- धनकुटा नगरपालिकालाई फोहोर व्यवस्थापनको क्षेत्रमा देशकै नमुना स्थानीय तह मानिन्छ।

देशमा संघीयता सुरु हुनु अघि धनकुटा नगरपालिका सफा शहरको रुपमा २ पटक उत्कृष्ट पनि भएको थियो।

धनकुटा नगरपालिकाको फोहोरमैला व्यवस्थापनमा सुन्दर फुलबारी तथा बगैँचा बनाइएको छ।

त्यसैगरी, फोहोर ब्यबस्थापनको लागि २०७४ सालमा सुरु गरिएको एक अभियान हो ‘फोहोर फाल्ने ठाँउमा फूल’।

अहिले यो अभियान फोहोर व्यवस्थापनको लागि मात्र प्रभावकारी नभई नगरको सौन्दर्य बढाउनसमेत सफल भएको छ।

धनकुटा नगरपालिका वडा नं. ४ स्थित सल्लेरीबाट जिल्ला प्रशासन कार्यालय तथा नगरपालिका जाने सडक छुट्टिने ठाँउ आसपास अहिले ढकमक्क फूल फुलेको छ।

पहेँलै फूलेको टिकुमा आसपास केही रातो लालुपाते, बेगनभेलीले थप सौन्दर्य थपिएको छ। जसले गर्दा फोटो, भिडियो खिच्नेहरु यहाँ हिजो आज भिड लाग्ने गरेको छ।

सार्वजनिक खुल्ला जग्गा रहेको यस स्थानमा २०७४ सालसम्म स्थानीयले फालेको फोहोर जताततै हुन्थ्यो। नगरपालिकालाई सो क्षेत्रको फोहोर व्यवस्थापन गर्न निक्कै हम्मे हम्मे परेको थियो ।

त्यहि फोहोर फाल्न निषेध गर्न रोपिएको फूलले अहिले फोहोर व्यवस्थापनलाई मात्र नभई नगर सौन्दर्यता, पर्यटन र पर्यावरणलाई समेत सहयोग पुगेको धनकुटा नगरपालिकाले जनाएको छ।

धनकुटा नगरपालिकादेखि सामुदायिक भवन, सहरी विकास, स्वास्थ्य कार्यालय, सरकारी वकिलको कार्यालय, उच्च अदालत विराटनगरको धनकुटा इजलास, मालपोत, नापी मुख्य मन्त्रीको सम्पर्क कार्यालय लयायतका कार्यालय क्षेत्रमा जताततै फूल फुलेको देख्न पाइन्छ।

सबै कार्यालय आसपास फूलले सौन्दर्य बढाएको छ। नगरक्षेत्रमा स्थानीय जातका फूललाई प्राथमिकता दिइएको छ। हाल नगर क्षेत्रमा ३ हजारको हाराहारीमा फूल रोपिएको छ। फूल रोप्ने कार्यलाई पछिल्लो समय स्थानीयवासी र टोल बिकास समितिहरुले पनि साथ दिन थोलेका छन्।

नगरपालिकाले यो अभियान प्रभावकारी बनाउन नगरपालिकाले नै नर्सरी पनि राखेको छ। जहाँ आफै फूल रोप्ने मात्र नभई माग्न आउने समुह तथा टोलवस्तीहरुलाई समेत फूल दिइन्छ ।

प्रकृतिले दिएको सुन्दरतालाई थप सुन्दर बनाउन फूल रोप्ने अभियान चलाइएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ बताउनुहुन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.