प्रथम महिला राजदूत स्वर्गीय शाहप्रति श्रद्धाञ्जली

काठमाडौँ- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालकी प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

पूर्वराजदूत शाहको ९२ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

मन्त्री राणाले आज दिउँसो काठमाडौँको कालिमाटीस्थित स्वर्गीय शाहको निवासमा पुगेर उहाँको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली दिनुभएको हो ।

परराष्ट्र सेवामा रहनुभएकी शाह विसं २०४४ मा भारतका लागि नेपाली राजदूत नियुक्त हुनुभएको थियो । उहाँ नेपालको प्रथम महिला राजदूत हुनुहुन्थ्यो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.