सरकारको कामलाई अझ प्रभावकारी बनाउन एमालेको आग्रह

काठमाडौँ- नेकपा एमालेले सरकारको काम कारवाहीलाई अझ प्रभावकारी र गतिशील बनाउन आग्रह गरेको छ ।

पार्टी सचिवालयको आज बसेको बैठकमा सरकारको कामको समीक्षा गर्दै अझ जनतामा आशा र भरोसा जगाउने काम गर्न सरकारलाई आग्रह गरिएको पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

यसैगरी, पार्टीमा अनुशासनहीन गतिविधि गरेबापत भीम रावललाई पार्टीबाट निष्कासन गरिएको भन्दै निष्कासित नेता रावलले नेतृत्वमाथि लगाएको आरोप कुनै टिप्पणी गर्न लायक नभएको पनि उपमहासचिव ज्ञवालीले बताउनु भयो ।

बैठकले पुस २१ र २२ गते बस्ने पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेन्डाहरू पनि तय गरेको उहाँले जानकारी दिनु भयो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.