तुरियाखोलाको निर्माणाधीन पुल अलपत्र

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको रामग्राम-१५ स्थित तुरियाखोलामा ४ बर्ष अघि निर्माण थालिएको पुल अहिलेसम्म पनि अलपत्र छ।

पुलको डिजाइन गलत भएपछि पुल निर्माण छाडेर ठेकेदार सम्पर्कविहीन भएसँगै पुल अलपत्र परेको हो ।

लुम्बिनी प्रदेश सरकारको लगानीमा २०७७ सालबाट निर्माण थालिएको पुल २०७९सालमा निर्माण सक्ने गरी ८ करोड ७९ लाखमा एमएस सगुन ओम ओजीले ठेक्कालिएको थियो । ठेक्काको म्याद सकिएको दुईवर्ष भइसक्दा समेत पुल निर्माणका लागि कुनै चासो देखिँदैन ।

उक्त स्थान भन्दा केही तल तुरियाखोलामै अर्को पुल निर्माण कार्यको सुरुवात भइसकेको छ, तर अलपत्र पुलको निर्माण कार्य सक्ने तत्परता कसैको छैन ।

सडक नबन्दा स्थानीयले वर्षायाममा घुमाउरो सडक भएर यात्रा गर्नुपर्ने बाध्यता छ ।

लुम्बिनी प्रदेश सरकार अन्गर्गतको सडक पुर्वाधार कार्यालय परासीका प्रमुख ईन्जिनियर हितेन्द्र रायमाझीले उक्त पुलको डिजाइन परिर्वतनका लागि पुनरावलोकन गर्न पठाइएको बताउनुभयो।

‘रिभ्युका लागि पठाएका थियौँ, त्यो पनि भइसक्यो होला अब नयाँ तवरबाट जाने कि भन्ने छ’ रायमाझीले भन्नुभयो।

पुलले रामग्रामको महत्वपुर्ण पर्यटकीय स्थल पण्डितपुरसहित घिनाहा लगायत सो आसपासका गाँउलाई जोड्दछ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.