पृथ्वी राजमार्गस्थित कृष्ण भीरमा पहिरो नियन्त्रण लागी काम सुरु
धादिङ- पृथ्वी राजमार्गको मलेखु मौवा खोला सडक खण्डमा पर्ने कृष्ण भीरमा पहिरो नियन्त्रण लागी काम सुरु भएको छ । पहिरो पूर्ण रोकिएको करिब बीस वर्ष पछि सो स्थानमा सडक भाँसिएको हो ।
२०५७ सालदेखि पहिरोले निकै समस्या आएपछि सडक विभागले करिब तीन करोड रुपैयाँको लगानीमा २०६० सालमा पहिरो व्यवस्थापन गरी सडक दुबैतर्फ सञ्चालनमा ल्याएको हो ।
गत असोज महिनामा तीन दिनसम्म परेको अविरल वर्षाका कारण कृष्णभीरको सडक भन्दा तल्लो भाग भत्किँदा सडक नै भासिन पुगेपछि सवारी एकातर्फ मात्रै सञ्चालन हुँदै आएको छ ।
वर्षासँगै त्रिशूली नदीमा आएको बाढीका कारण कृष्ण भीरको तल्लो भाग जहाँ नदी नियन्त्रणका लागी राखिएको मेसिनरी वाल बाढीले भत्काएपछि पहिरो बगी सडक चर्किएर भासिन सुरु भएको हो ।
२०५७ साल देखी सो पहिरोले निकै समस्या आएपछि सडक विभागले करिब तीन करोड रुपैयाँको लगानीमा २०६० सालमा पहिरो व्यवस्थापन गरी सडक दुबैतर्फ सञ्चालनमा ल्याएको हो ।
अहिले सो सडक निर्माण र पहिरो रोकथामका लागी पहिलो चरणमा पहिरो बगेको स्थानको भूबनावटको बारेमा अध्ययन सुरु गरी त्यहाँको जमिन कस्तो छ भन्ने परीक्षण सुरु गरिएको छ ।
सो स्थानमा भएको माटो र पहिरिएको स्थानको चट्टान कस्तो छ र जमिनको कुन सतहमा कस्तो प्रकारको चट्टान छ, भन्ने विषयमा परीक्षण गरिरहेको छ । परीक्षणको क्रममा आधुनिक उपकरणको प्रयोग गरी जमिनमा ड्रिल गरी चट्टानको परीक्षणका लागी नमुना सङ्कलन कार्य भईरहेको छ ।
भासिएको सडक र भीरको तीन स्थानबाट नमूना परीक्षणका लागी चट्टानको नमुना सङ्कलन गरिने छ । जमिन ड्रिलको क्रममा क्रममा माटोको सतह भन्दा पैँतीस मिटर तल बलियो चट्टान भेटिएको काममा संलग्न प्राविधिक भनाइ छ ।
प्राविधिकका अनुसार यदि कृष्ण भीरमा भासिएको र पहिरिएको स्थानमा चट्टान भेटिने गरी जमिन स्टेवल गर्नका लागी वाल लगाउने हो भने पहिरोबाट बच्न सक्ने भनाइ छ । सडकको पचास मिटर भाग पहिरोका कारण भासिएको छ । सो स्थानमा सवारी एकातर्फ मात्रै सञ्चालनमा रहेको छ ।
यस स्थानमा वर्षात अघि पहिरो नियन्त्रणका उपाय नअप्नाउने हो भने आगामी वर्षाको समयमा पृथ्वी राजमार्गले निकै ठूलो दुःख दिने पक्का छ ।
सङ्घीय राजधानी प्रवेश गर्ने प्रमुख मार्गको कृष्ण भीर खण्ड निर्माण र पहिरो नियन्त्रणका लागी सरकारले सबै किसिमको संयन्त्र प्रयोग गर्नु पर्ने अहिलेको आवश्यकता देखिएको छ । सडक विभागले एक निजी कम्पनीलाई सो स्थानको भौगर्भिक अवस्थाका बारेमा जाँच गर्न दिइएको हो ।
प्रतिक्रिया राख्नुहोस्