१५ सय ४८ जना फरार प्रतिवादी पक्राउ

काठमाडौँ-  जिल्ला प्रहरी परिसर काठमाडौंले फैसला कार्यान्वयन अन्तर्गत विभिन्न मुद्दाका कसुरदार ठहरिएका १५ सय भन्दा बढी  प्रतिवादी अभियुक्तहरु पक्राउ गरेको छ । 

नेपाल प्रहरीले फरार प्रतिवादी पक्राउको निमित्त विशेष अभियान अन्तर्गत पछिल्लो पाँच महिनमा मात्र राजधानी काठमाडौंमा १५ सय ४८ जना फरार अभियुक्तहरु पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंबाट फैसला कार्यान्वयन अन्तर्गत हिजो मात्र ६२ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो । 

त्यसै गरी प्रहरीले फरार प्रतिवादीबाट ४ करोड ८० लाख जरिवाना असुल समेत गरेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.