बेनी नगरका सबै घरको नम्बर डिजिटल प्रणालीमा

म्याग्दी- हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकाले देशमा नै पहिलो पटक आर्थिक सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली लागु गरेको छ । यो प्रणाली लागु गर्नेमा बेनी नगरपालिका देशभरमा नै पहिलो भएको बेनी नगरपालिका प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्यूआर कोडसहितको डिजिटल घर नम्बर प्रणालीको प्रयोगसँगै नगरबासीको सूचना संकलन तथा सहयोगका लागि सहज भएको छ ।

युएनडिपी नेपाल र बेनी नगरपालिकाको आर्थिक सहयोग तथा संगम म्याग्दीको ब्यवस्थापनमा नगरबासीको घरपरिवारको सूचना तथा विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक गरेसँगै सेवाप्रवाह सहज भएको छ ।

नगर प्रमुख सुरत केसीले १० वटै वडामा डिजिटल घर नम्बरिङले नगरबाट प्रदान गरि हरेक प्रकारका सेवाहरू तथा समस्यामा परेका नगरबासीलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने सहज भएको बताउनुभये ।

बेनी नगरपालिकामा कुल घर संख्या ७ सय ४४० रहेको छ । कुल जनसंख्या २८ हजार ९६७ रहेकोमा पुरुष १५ हजार १३३, महिला १३ हजार ८३० र यौनिक अल्पसंख्य ४ जना छन् ।

नगरपालिकाभित्र तीन महिनाभन्दा कम खाद्य निर्भरत भएका १४ सय ७८ घरधुरी, घरमै पिउने पानीको सुविधा नभएका ६७५ घरधुरी, नदी किनारामा रहेका घरधुरी २५६, आफ्नै घरमा शौचालय नभएका १ सय २२, समुदायमा रहेको पिउने पानीमा निर्भर ५ सय २२ घरधुरी, विजुली जडान नभएका ३७ घर, सिचाई सुविधा नपुगेका ५१ सय ५७ घरधुरी, खाना पकाउन काठदाउराको प्रयोग गर्ने घरधुरी ४६ सय ९ जना रहेका छन् ।

नगरभित्रका सबै घरधुरीमा डिजिटल घर नम्बर प्रणाली जडान गरेपछि घरपरिवारको परिचय, घटना दुर्घटना तथा विपत्तको सूचनाका साथै तत्काल सहयोगका लागि समेत सहज भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

नगरपालिकाले घरदैलोमा पु्गेर तयार गरेको विवरणमा ब्यक्तिगत विवरणसहित शैक्षिक योग्यता,आर्थिक अवस्था कमजोर भएका, अपाङ्ता, खानेपानी, स्वास्थ्य, शौचालय, घरधुरीबाट स्वास्थ्य संस्था, शैक्षिक तथा अन्य सेवा लिन सकिने संघसंस्थासम्म पुग्ने दुरी समेत हेर्न सकिन्छ । नगरपालिकाबाट सेवा लिनेहरुको विवरण समेत घर नम्बरमै अपडेट हुने अधिकृत शर्माको भनाई छ ।

डिजिटल नम्बरिङसँगै नगरपालिकाले आर्थिक सहायताका लागि आर्थिक तथा सामाजिक रुपमा विपन्न,पूर्णरुपमा अपाङ्ता भएका, एकल महिलाहरूलाई जिविकोपार्जन र औाषधि उपचारमा सहयोग गर्न युएनडिपी नेपाल, संगम म्याग्दी र राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा घरदैलोमै पुगेर ३ सय ४० महिलालाई बिना सर्त २७ हजार नगद सहयोग गरी लाभग्राहीलाई ९२ लाख नगदै वितरण गरिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.