डोलेश्वर मन्दिर सिपाडोलका लागि अटोमोवाइल्स सञ्चालनमा

भक्तपुर- अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श बस स्टपदेखि डोलेश्वर मन्दिरसम्म जानका लागि शनिबारदेखि अटोमोवाइल्स सञ्चालनमा ल्याइएको छ ।

सुगम तर सिधा यातायात संचालन नभएपछि यस क्षेत्रका स्थानीयले दुःख पाइरहेका थिए । जनगुनासो आएपछि जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज वस्नेतले एक समारोहवीच उक्त कार्यक्रमको उदघाटन गर्नुभयो ।

डोलेश्वर मन्दिरमा पुजाआजा गर्ने भक्तजनको घुइचोनै लाग्ने गर्दछ । तर सहज यातायात नहुँदा समस्या भोग्नु परेको भक्तालुको पनि गुनासो थियो ।

साइनो अटोमोबाइल्स प्रालि बनेपा काभ्रेले अटोमोवाइल्स सञ्चालनमा ल्याएको हो । बाटो पीच नभएको र सहज यातायातलाई मध्यनजन गरी अटोमोवाइल्स सञ्चालनमा ल्याएको शाखा प्रबन्धक संगम लामाले बताउनु भयो ।

अटोमोवाइल्स आदर्श र सूर्यविनायकबाट गरी दुई बाट सञ्चालन सुरु गरिएको हो । दुवै ठाउँ पाँच-पाँच वटा गरी दश वटा अटोमोवाइल्स सञ्चालनमा आएको संगमले जानकारी दिनुभयो ।

एउटा रुट आदर्शदेखि सिपाडोल वडा कार्यालय हुँदै दोरलागसम्म जाने छ भने अर्को रुट सूर्यविनायकदेखि गणेशस्थान हुँदै घ्याम्पेडाँडा, आशापुरी पुग्ने छ ।

विहान पाँच वजेदेखि साँझ सात बजेसम्म सञ्चालन हुने भएकाले यस क्षेत्रकाबासिन्दालाई किनमेल, पुजापाठ र बजार आवतजावतमा सहज हुने छ ।

विहान टाढाटाढाबाट भक्तपुर नगरपालिका क्षेत्रका कलेजहरुमा पढ्न आउने विद्यार्थीलाई विशेष सुविधा मिल्ने स्थानीयको विश्वास छ । करिव ६ महिनादेखिको निरन्तरको प्रयासले अटोमोवाइल्स सञ्चालन गर्न सफल भएको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज वस्नेतले बताउनु भयो ।

यसअघि पाँचदेखि १० किलोमिटरको दुरीको वडाबासी भक्तपुर नगरपालिका क्षेत्र आउन पैदल हिड्नुपर्ने बाध्यता थियो । साथै अपर्झट जानुपर्नेलाई पनि ट्याक्सीमा एक हजारबढी रपैयाँ तिरेर जानुपर्ने बाध्यता हटेको छ ।

अहिले रुट अनुसार अटोमोवाइल्समा जाने यात्रुहरुका लागि सूर्यविनायक नगरपालिकासँगको सहमतिमा सस्तो भाडादर कायम गरिएको संचालकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.