अमेरिकामा दशकयताकै भीषण हिम आँधी आउने पूर्वानुमान
काठमाडौं- अमेरिकामा यस वर्षको हिउँदमा एक दशकयताकै भीषण हिम आँधी आउने पूर्वानुमान गरिएको छ । दशौं लाख अमेरिकीहरुलाई भीषण हिम आँधीको सामना गर्न तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।
यसपटकको हिउँदमा भारी हिमपात र सबैभन्दा चिसो तापक्रम हुने बताइएको छ । अमेरिकाको मध्य भागबाट सुरु भएको यो आँधी आगामी केही दिनमा पूर्वतिर सर्ने राष्ट्रिय मौसम सेवाले जनाएको छ ।
मिसिसिपी र फ्लोरिडा लगायतका अमेरिकाका केही भागहरू बढी प्रभावित हुने चेतावनी दिइएको छ । आर्कटिक वरिपरि घुम्ने चिसो हावाको क्षेत्र ध्रुवीय कारण अत्यधिक चिसो बढेको मौसमविद्हरूले बताएका छन् ।
प्रतिक्रिया राख्नुहोस्