विपदबाट भएको क्षतिको मूल्याङ्कन र पुनः निर्माणमा विलम्ब हुँदैन: गृहमन्त्री
काठमाडौँ – गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनः निर्माण तीव्र गतिमा अघि बढाइने बताउनु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८औँ बैठकमा गृहमन्त्री लेखकले विपद्बाट भएको क्षतिको मूल्याङ्कन र पुनः निर्माण तीव्र रुपमा अगाडि बढाइने बताउनु भएको हो ।
‘डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न विपद्बाट भएको क्षतिबारे विपद् क्षतिको मूल्याङ्कन (डिडिए)को काम सुरु गर्ने र डिडिए भइसकेको ठाउँमा पुनः निर्माणको अगाडि बढाउने आजको बैठकले निर्णय गरेको गृहमन्त्री लेखकले बताउनु भयो ।
विपद् क्षतिको मूल्याङ्कन भइसकेको ठाउँमा पुनः निर्माणका लागि आवश्यक कानुनी र आर्थिक विषयमा निर्णय भएको गृहमन्त्री लेखकले बताए। ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी मापदण्ड केही समयअघि पारित भइसकेको छ। सोहीसम्बन्धी कार्यविधि आज पारित गरेका छौं। आगामी माघ तेस्रो साताबाट जाजरकोट भूकम्पको विपद् क्षतिको मूल्याङ्कन सुरु हुनेछ,’ लेखकले भन्नुभयो ।( थप भिडियो बाट)
प्रतिक्रिया राख्नुहोस्