उपराष्ट्रपतिले राजनीति होइन जिमी कार्टर जस्तो बनेर सामाजिक सेवा गर्नुपर्छ-नेता आङ्बो
काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पार्टीको सक्रिय राजनीतिमा फर्कने विषयले चर्चा पाएको छ ।
पूर्व उपराष्ट्रपति पुन बैठकमा सहभागी हुनुहुन्छ । तर यसले राम्रो सन्देश नगएको भनाइ केही नेताहरुको छ ।
खासगरी, दुई जना केन्द्रीय सदस्यहरु इन्द्र आङ्बो र सुदन किराँतीले पुनले पार्टीको राजनीति छाडेर सामाजिक सेवा गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
केन्द्रीय सदस्य आङ्बोले पूर्व राष्ट्रपति र उषराष्ट्रपतिहरु कस्तो बन्नुपर्छ भन्ने सन्दर्भ उल्लेख गर्दै भन्नुभयो- ‘उहाँहरुले राजनीति गर्ने होइन अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टर जस्तो सामाजिक सेवामा लाग्नुपर्छ ।’
अमेरिकी पूर्व राष्ट्रपति कार्टरले राष्ट्रपतिको अबधि सकिएसँगै ‘कार्टर सेन्टर’ खोलेर विश्वभर सामाजिक सेवाको गतिविधिहरु सञ्चालन गर्नुभएको थियो ।
यो दृष्टान्त दिनुहुँदै नेता आङ्बोले पार्टीको सक्रिय राजनीतिमा पूर्व उपराष्ट्रपति आउनु राम्रो नभएको तर्क राख्नुभएको थियो ।
माओवादी केन्द्रको केन्द्रीय समितिको दोस्रो दिनको बैठक सम्पन्न भएको छ । हिजोदेखि राजधानीमा जारी बैठकको आजसम्म ८० जनाले आफ्नो धारणा राखेका छन ।।
प्रतिक्रिया राख्नुहोस्