काउलीको उचित मूल्य नपाउँदा किसान चिन्तित
काभ्रे- काउलीको उचित मूल्य नपाउँदा काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं ११ स्थित राम्चेवेशीका किसान चिन्तित भएका छन् । राम्चेवेशीका किसानले सयौं रोपनीमा मौसमी तरकारी काउली लगाएका छन् ।
अहिले राम्चेवेशीको फाँटमा लगाइएको काउली निकाल्ने बेला भएको छ । तरकारी लिन व्यापारीहरु खेतबारी आउने गर्छन् । खेतबारीसम्मै आइपुग्ने व्यापारीकै विश्वास र भरमा किसानले काउली बिक्री गर्ने गर्छन् । व्यापारीले तोकेकै मूल्यमै किसानले काउली दिएर पठाउँछन् ।
बजारमा काउलीको राम्रै मूल्य हुँदा पनि किसानले आफूले गरेको दुःख अनुसारको मूल्य नपाएको गुनासो गर्छन् । उपभोक्ताले बजारमा काउलीको मूल्य प्रति के.जी ४० देखि ५० रुपैंया तिर्दा किसानले भने प्रति के.जी १० देखि १२ रुपैंया मात्रै पाउँछन् । आफ्नो गरेको दुःख, परीश्रम र लगानी बापत तरकारीको उचित मूल्य नपाउँदा उनीहरुमा निराशा छाएको हो ।
प्रतिक्रिया राख्नुहोस्