अमेरिकामा दशकयताकै अत्यधिक चिसो र हिमपात, छ जनाको मृत्यु, दुई हजार उडान रद्द
काठमाडौं- अमेरिकाका मध्य पश्चिम र पूर्वी तटीय क्षेत्रमा एक दशकयताको अत्यधिक चिसो तापक्रम र भीषण हिमपात भएको छ ।
हिमआँधी नै नाम दिइएको प्रतिकुल मौसमी अवस्थाका कारण हालसम्म ६ जनाको मृत्यु भइसकेको छ । अत्यधिक चिसो र हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।
चिसोबाट बढी प्रभावित सात राज्यहरुमा त संकटकाल नै घोषणा गरिएको छ । भारी हिमपातका कारण २ हजार भन्दा बढी उडान रद्द गरिएका छन् ।
हिमपातकै कारण २३ हजारभन्दा बढी उडान निर्धारित समयभन्दा ढिलोका छन् राजधानी वासिङ्टन डिसीका केही क्षेत्रहरुमा १८ इन्चसम्म हिमपात भएको राष्ट्रिय मौसम सेवाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्