तिब्बतमा गएको भूकम्पको क्षतिप्रति पूर्व राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त
काठमाडौं– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार जनवादी गणतन्त्र चीनको स्वायत्त क्षेत्र तिब्बतमा भएको भूकम्पबाट ठूलो जनधनको क्षति भएकोमा गहिरो दुःख प्रकट गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल एक्समा मार्फत भूकम्पका कारण पुगेको क्षतिमा चीनका राष्ट्रपति सी चिन फिङ, चीन सरकार र शोकाकुल परिवारप्रति गहिरो समवेदना पनि प्रकट गर्नुभएको छ ।
सन्देशमा उहाँले भन्नु भएको छ, ‘‘मित्र राष्ट्र चीनको तिब्बत केन्द्रविन्दु भएर आज बिहान गएको शक्तिशाली भूकम्पका कारण ठूलो संख्यामा चिनियाँ नागरिकको ज्यान जानुका साथै घाइते भएकोमा म स्तब्ध भएको छु । दुःखको यस घडीमा चीनका महामहिम राष्ट्रपति सी चिन फिङ, चीन सरकार र शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु । दुःखको यस संवेदनशील घडीमा नेपाल र नेपाली जनता चिनियाँ जनताको साथमा छौं । छोटो समयमै जनजीवनलाई सामान्य बनाउन मित्र राष्ट्र चीनलाई सफलता मिल्नेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु ।’
मित्र राष्ट्र चीनको तिब्बत केन्द्रविन्दु भएर आज बिहान गएको शक्तिशाली भूकम्पका कारण ठूलो संख्यामा चिनियाँ नागरिकको ज्यान जानुका साथै घाइते भएकोमा म स्तब्ध भएको छु । दुःखको यस घडीमा चीनका महामहिम राष्ट्रपति सी चिन फिङ, चीन सरकार र शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु ।… pic.twitter.com/J68yeGZA2m
— Bidya Devi Bhandari (@BidyaDevi2018) January 7, 2025
प्रतिक्रिया राख्नुहोस्