मायादेवी मन्दिरको दानपेटिकाबाट १ करोड ४३ लाख रुपैयाँ संकलन

रुपन्देही- बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपैयाँ संकलन भएको छ ।

आर्थिक वर्ष २०८१-०८२ अन्तर्गत दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

पुस १८ गतेदेखि २३ गतेसम्म ५ दिनसम्म लगाएर दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिनुभयो ।

उहाँले स्थानीय तह, सुरक्षाकर्मी प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितिमा दानपेटिका खोली गणना गरिदै आएको उहाँले बताउनुयो । कोषाध्यक्ष भट्टराईले दानपेटिकाबाट संकलित रकम कोषको महत्वपूर्णआम्दानीको स्रोत भएको बताउनुभयो ।

दान पेटिकामा संकलित दानलाई सिसिटिभी क्यामेराको निगरानीमा कोषका ३२ जना कर्मचारीहरु खटाएर गणनाको व्यवस्था मिलाइएको थियो ।

मायादेवी मन्दिरको अवलोकन गर्ने तीर्थयात्रुहरुले श्रद्धाले दान गर्छन् । दानवापत संकलित आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको कोषले जनाएको छ । पहिले दान रकम गणना गरेर सार्वजनिक नगरियता पनि गत आर्थिकबाट गणना गर्ने र सार्वजनिक गरिने गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.