बङ्गलादेशद्वारा शेख हसिनाको पासपोर्ट रद्द

काठमाडौं – बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द भएको छ । मंगलबार बङ्गलादेशले हसिनाको पासपोर्ट रद्द गरेको हो ।

सन् २०२४ को जुलाई–अगस्ट अवधिमा सरकारी जागिरमा कोटाको व्यवस्थाविरुद्ध भएको विद्यार्थी आन्दोलन दबाउन भूमिका निर्वाह गरेको मामिलामा हसिना र सम्बद्ध अरू ९६ जनाको पासपोर्ट खारेज गरिएको छ । पासपोर्ट विभागले जबरजस्ती बेपत्ता पारिएको मामिलामा संलग्न २२ जनाको पासपोर्ट रद्द गरेको छ ।

शेख हसिना समेत अरू ७५ जनाको पासपोर्ट भने जुलाईमा भएको हत्या मामिलामा रद्द गरिएको हो । अधिकारीहरूले हसिना बाहेक अरू ९६ जनाको नाम भने सार्वजनिक गरेका छैनन् ।

अगस्ट ५ मा उनी भागेर भारत पुगेकी थिइन् । बंगलादेशको अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरण (आईसीटी)ले मंगलबार मात्रै हसिना र उनको मन्त्रीमन्डलका कयौँ पूर्व मन्त्री, सल्लाहकार र सैन्य एवम् नागरिक अधिकारीहरू विरुद्ध मानवता र नरसंहारको अपराधमा पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.