दाउन्नेमा शितलहरले फेरि बाटो बन्द, यात्रुहरु हिंडेरै गन्तव्यतर्फ जान बाध्य

पश्चिम नवलप्रासी- जिल्लाको दाउन्नेमा अवरुद्ध सडक अझै सुचारु हुन सकेको छैन । मङ्गलबार रातिदेखि अवरुद्ध सडक हिजो केही समय एकतर्फी रुपमा सुचारु भएपनि गएरातीदेखि फेरि अवरुद्ध भएको हो ।

शीतलहरका कारण सडक चिप्लो भएपछि गए रातीदेखि फेरि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । अहिले दुवैतर्फ सवारी साधनको लामो लाइन छ ।

रातभरको जामका कारण यात्रुले शास्ति भोग्न बाध्य भएका छन् । कतिपय यात्रुहरु भने रातभर हिँडेर दाउन्नेखण्ड पार गरेका छन् । काठमान्डौबाट नवलपरासी फर्किएका यात्रु मोहम्मद इजहार शेखले तीन घण्टा लगाएर पैदल हिडेर हिलाम्मे सडक पार गरेको बताउनुभयो ।

ठाउँ ठाउँमा चिप्लोका कारण सवारी साधन एकआपसमा ठोकिएका छन् । जसले गर्दा पूर्णरूपमा सवारी आवागमन सुचारु गराउन समय लाग्ने प्रहरीले जनाएको छ ।

नारायणगढ बुटवल सडक विस्तारको क्रममा रहेकाले दाउने खण्डमा सडक विस्तारको काम पनि भइरहेकाले हिलो हुँदा त्यसले थप समस्या बनाएको छ। पटकपटक दाउने खण्डमा हुने अवरोधले यात्रुले सास्ती भोग्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.