माझी,मुसहर बोटे समुदायका व्यक्तिहरुलाई न्यानो कपडा वितरण

कावासोती- नवलपुरको कावासोती १५ शेरगञ्जमा रहेका माझी,मुसहर बोटे समुदायका व्यक्तिहरुलाई बुधवार न्यानो कपडा वितरण गरिएको छ ।

केहि दिन देखि बढेको चिसो र शितलहरका कारण माझी, मुसहर समुदायका परिवारहरु प्रभावित भएको हुदा जिल्ला विपत व्यवस्थापन समितीमार्फत न्यानो कपडा वितरण गरिएको हो ।

शितलहरबाट प्रभावित निम्न वर्गका परिवारहरुलाई राहत वितरण गर्ने सन्दर्भमा न्यानो कपडा वितरण गर्ने पहिलो चरणको कार्यक्रम अन्तर्गत शेरगञ्जका विपन्न ५ घरपरिवारलाई ब्लाङ्गकेट वितरण गरिएको जिल्ला विपत व्यवस्थापन समिती संयोजक एवं प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभयो ।

शितलहरले पार्ने असरलाई मध्यनजर गर्दै स्थानीय तह र वन कार्यालयहरुको सहकार्यमा चोकचोकमा आगो ताप्ने व्यवस्था र चिसोका कारण आयआर्जन गर्न नसक्ने विपन्न परिवारलाई आवश्यक खाद्यन्य समेत वितरण गर्ने समितीले योजना बनाएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

जिल्लामा शितलहरबाट प्रभावितहरु मध्ये आर्थिक अवस्था कमजोर भएर न्यायो कपडाको अभावमा रहेका करिब एक सय घरपरिवारको पहिचान भएको हुदा सबै परिवारलाई राहत स्वरुप विभिन्न चरणमा न्यानो कपडा र खाद्यन्य वितरण कार्यलाई अगाडि बढाउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.