दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सुचारु

पश्चिम नवलपरासी- पश्चिम नवलप्रासीको दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सुचारु भएको छ । शित ओभाउदै गएको र उकालोमा गएराती ठोक्किएका सवारीसाधन हटाएपछि राजमार्ग सुचारु भएको हो ।

मङ्गलबार रातिदेखि अवरुद्ध सडक हिजो केही समय एकतर्फी रुपमा सुचारु भएपनि गएरातीदेखि फेरि अवरुद्ध भएको थियो ।

अहिले दुवैतर्फ सवारी साधनको लामो लाइन भएकाले क्रमैसँग पालैपालो सवारी साधनलाइ पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।

पहिले यात्रुवहाक सवारीसाधनलाइ प्राथमिकता दिएर गन्तव्यमा पठाउने काम भइरहेको प्रहरीले जनाएको छ । रातभरको जामका कारण यात्रुले सास्ति भोग्न बाध्य भएका छन् ।

नारायणगढ बुटवल सडक विस्तारको क्रममा रहेकाले दाउने खण्डमा सडक विस्तारको काम पनि भइरहेकाले हिलो हुँदा त्यसले थप समस्या बनाएको छ । पटकपटक दाउन्ने खण्डमा हुने अवरोधले यात्रुले सास्ती भोग्दै आएका छन् ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.